अभिनेता आकाश श्रेष्ठ अभिनित ड्रिम गर्ल अहिले हलमा चलिरहेको छ । यो सिनेमाले व्यापार ठिकै गरिरहेको छ । यसको टिम पनि सिनेमाको प्रचारका लागि भन्दै मोफसल टुरमा लागेको छ । अभिनेता आकाश श्रेष्ठ भने यो टुरमा सहभागी छैनन् ।

अभिनेता आकाश श्रेष्ठले फिल्म विर विक्रम २ छाडेका छन् । यसैले पनि आकाशको अब नयाँ सिनेमा के त भन्ने प्रश्न दर्शकमाझ छ । अभिनेता आकाशले भने आफूले नयाँ सिनेमामा काम गर्ने बिषयमा चाडै नै जानकारी दिने बताएका छन् ।

नयाँ सिनेमाका लागि कुरा भैरहे पनि फाइनल नभएकाले आफूले भन्न नसक्ने उनले बताएका छन् । अभिनेत्री पूजा शर्माको जोडीको रुपमा उनी सम्हालिन्छ कहिले मनमा देखिन लागेको कुरा छ । तर, अहिलेसम्म यो कुरालाई आकाश र पूजाले पुष्टी गरेका छैनन् ।

For More videos Log on to Mazzako TV