अभिनेता सलोन बस्नेत कुनै फिल्मका लागि खुर्सानी नै हुन् । उनी विना सो सिनेमामा के नपुगेको नपुगेको जस्तो देखिन्छ । तर, उनी आजसम्म पूर्ण हिरो बन्न सकेका छैनन् । किनकी, उनले अभिनय गरेको सोलो फिल्म चलेको छैन ।

उनी मुख्य हिरो हुँदा सिनेमा चल्दैन, उनी नहुँदा अरु हिरोहरु चल्न गाह्रो पर्छ । यसैले पनि सलोन मंसिर २८ गतेबाट रिलिज हुन लागेको सुश्री सम्पत्ती सिनेमालाई लिएर आफू गम्भिर रहेको बताइरहेका छन् । उनले, यो सिनेमाको सम्पूर्ण कुरामा आफू गम्भिर रहेको बताए । किनकी, यो सिनेमामा उनले नै मुख्य रुपमा बोक्नुपर्ने दायित्व छ । सलोनले आफूले यो दायित्व वुझेको पनि बताउँछन् ।

सलोनको साथमा सारा सिर्पाली र विनोद न्यौपाने सिनेमामा छन् । तर, दर्शकले सलोनलाई बढी रुचाउँछन् । यो सिनेमा चलेको खण्डमा सलोन पनि चल्नेछन् । नत्र, सुपरस्टारहरुकै पछि लाग्नुको विकल्प सलोनका लागि हुनेछ ।

For More videos Log on to Mazzako TV