साइरालाई जन्म दिइन् यूनाले
नेपाली फिल्ममा केही समय बिताएर अमेरिका हानिएकी अभिनेत्री यूना उप्रेती आमा बनेकी छिन् । उनले नोभेम्बर २१ मा अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् ।
५ बर्ष अघि एउटा कार्यक्रमका लागि उनी अमेरिका पुगेकी थिइन् । तर, अमेरिकामा नै उनी घरजम गरेर बसेकी थिइन् । अमेरिकामा रहँदै आएका विकास अधिकारीसँग यूनाले बिहे गरेकी थिइन् । उनीहरुले छोरीलाई जन्म दिएका हुन् । आमा र छोरीको अवस्था राम्रो रहेको बताइएको छ ।
यूनाले दर्जन बढी सिनेमामा अभिनय समेत गरेकी थिइन् । तर, अब उनी नेपाली सिनेमामा फर्किने संभावना छैन । यूनाले छोरीको नाम साइरा राखेकी छिन् ।
For More videos Log on to Mazzako TV