‘वीर विक्रम २’ को सुटिङ स्थलमा पल र बर्षा रोमान्टिक (फोटो)

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ’वीर विक्रम २’ का सुटिङ स्थलबाट केहि तश्विरहरु बाहिरिएका छन् । ’वीर विक्रम २’ को मनाङ र मुस्ताङका रमणीय स्थानमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनका तश्विरहरु बाहिरिएका हुन् । निर्देशक चाम्स ’वरि विक्रम २’को जम्बो टिम सहित केहीदिन अछि मस्ताङ पुगेका थिए । यो फिल्मको अहिले गीतको छायाँकन भैरहेको छ । कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

सिनेमामा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिषा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ’वीर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको एक्सन, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।









