स्वस्तिमाको ढिलो गर्ने बानी
अभिनेत्री स्वस्तिमा खड्कामा ढिलो पुग्ने बानी बढेको गुनासो आउन थालेको छ । केही सिनेमा हिट भएपछि स्वस्तिमाले आफ्नो स्टारडम बढेको वुझ्न थालेकी छिन् । स्वस्तिमा आफैले अभिनय गरेको एउटा गीत सार्वजनिक कार्यक्रममा उनले पत्रकारलाई डेढ घन्टा कुराइदिइन् ।

नाच फिरिरी ३ करोड भ्यूज पाएको अवसरमा आयोजित कार्यक्रममा स्वस्तिमा आइ नपुग्दा पत्रकारले लामै समय कुरे । स्वस्तिमा आइन्, केक काटिन् । स्वस्तिमा खड्काले यसरी पत्रकार कुराएको पहिलो पटक होइन । फिल्म बुलबुलको गीत रिलिज कार्यक्रममा पनि स्वस्तिमा ढिलो आएकी थिइन् ।
उनी ढिलो आउँदा पत्रकारले एक घन्टा उनलाई पर्खिएका थिए । समयको पक्का भएन भने कलाकारको क्रेज कम हुदै जान्छ । तर, अहिले संचारकर्मीहरुमाझ स्वस्तिमाको शैली बदलिएको चर्चा हुन थालेको छ ।
For More videos Log on to Mazzako TV








