साम्राज्ञीको स्टारडमको साथ खोज्दै प्रदिप ?
अभिनेता प्रदिप खड्काले निर्देशक हेमराज वीसीले निर्देशन गर्न लागेको सिनेमा साइन गरेपछि हिरोइनको लागि आफैले जोडबल लगाए । यो सिनेमाका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई राख्नका लागि प्रदिप आफैले जोडबल गरेका थिए ।

उनले साम्राज्ञीकी आमा नेहा आर एल शाहलाई फोन गरेर साम्राज्ञीलाई मनाइदिन आग्रह गरेको वुझिएको छ । साम्राज्ञीले पनि आमाले भनेपछि यो सिनेमा साइन गरेकी छिन् । तर, के लगातार २ वटा सिनेमाले राम्रो व्यापार नगरेपछि प्रदिप अहिले स्टार हिरोइनको साथ खोजिरहेकी हुन् त ? घटनाक्रमले यो कुरा देखाएको छ ।
लिलिबिलीले राम्रो व्यापार नगर्नु, रोजले असफल व्यापार गर्नुको कारणले पनि प्रदिपले साम्राज्ञीको साथ खोजेको हुनुपर्छ । तर, प्रदिपको प्रयासले उनी र साम्राज्ञीको जोडी पहिलो पटक फिल्ममा आउन भने लागेको छ ।
For More videos Log on to Mazzako TV







