प्रियंका र आयुष्मानले प्रेम देखाउने तरिका फेर्ने कि ?
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी इन्गेजमेन्ट गरेर अर्को बर्ष बिहे गर्दैछन् । अब यो जोडीको प्रेम रोमान्टिक मोडबाट जिम्मेवारी बहन गर्नुपर्ने मोडमा पुगेको छ । झन् यी दुई त देशका चलेका कलाकार । यसैले प्रेमलाई सार्वजनिक गर्ने तरिका पनि फेर्न आवश्यक छ । तर, यी दुइले प्रेमलाई प्रचारमा सिमित बनाएको देख्न सकिन्छ ।
प्रियंका कार्की र आयुष्मानले सामाजिक संजालमा कस्ता तस्बिर बाहिर ल्याउने कस्ता राख्ने भन्ने नै वुझेका छैनन् । बरु, उनीहरु यस्ता तस्बिर सार्वजनिक गरिरहेका छन् जुनले उनीहरुको चर्चा होस् । हालै मात्र प्रियंकाले प्रेमलाई सन्तुलित बनाउन सके जीवन खुशी हुने भन्दै स्विमिङ पूलमा पौडदै गरेको तस्बिर राखिन् ।
उनलाई आयुष्मानले उचालेका छन् । यो तस्बिर सार्वजनिक गरेर उनीहरुले जिन्दगी खुशी बनाउने तरिका सिकाएको भन्दा पनि प्रचार खोजेको देखिन्छ । यसैले अब गम्भिर बनेर प्रेमलाई नयाँ ढंगल अघि बढाउदा कसो होला ?
For More videos Log on to Mazzako TV