म त पिरिममा.. भन्दै निश्चल र कर्मा यसरी नाचे (भिडियो)
माघ ४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘गरुड पुराण’ को पहिलो गीत रिलिज भएको छ । सुबास कोइराला निर्देशित फिल्मको ‘म त पिरिममा…’ आइटमा गीत सार्वजनिक भएको हो । उक्त गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन प्रस्तुत छन् ।

निर्देशक दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत रहेको गीतमा कोशिश र मनिषा पोखरेलको आवाज सुन्न सकिन्छ । निश्चलको नृत्य अनि शब्द, संगीतका हिसाबले पनि गीत उत्कृष्ट बनेको छ । रेनाशा वान्तवा राईको कोरियोग्राफी पनि मज्जाको छ ।
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको छ । फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको नै फिल्मको मुख्य कथा हो ।
फिल्ममा नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा लगायतको पनि फिल्ममा अभिनय छ । आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवासंले लेखेको फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले मिलेर फिल्म निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV








