सुटिङ नसकिदै लभ स्टेशन टिमविच विवाद
२ वटा गीत बाँकी राखेर सिनेमा लभ स्टेशनको अन्य छायांकन सकिएको छ । तर, सिनेमाको छायांकन नसकिदै यो टिमविच विवाद देखिएको छ । सिनेमाको इन्डक्ल्याप भन्दै काटिएको केकबाट पनि यो टिममा विवाद देखिन्छ ।

किनभने सिनेमाको इन्डक्ल्यापमा २ स्थानमा केक काटिएको छ । एकातिर निर्देशक उज्ज्वल घिमिरेले केक काटेका छन् भने अर्कोतिर, निर्माता गोविन्द शाहीले केक काटेका छन् । निर्देशक घिमिरेले अभिनेत्री जसिता गुरुङको आग्रहमा केक काटेको बताएपनि सिनेमाको इन्डक्ल्याप भने नभएको बताए ।
यस्तै, निर्माता गोविन्द शाहीले भने सिनेमाको इन्डक्ल्याप नै भएको दाबी गरेका छन् । सिनेमाको छायांकन नसकिदै २ वटा स्थानमा निर्माता र निर्देशकले केक काट्ने कार्यक्रम हुँदा यसले निर्माता र निर्देशकविच विवाद भएको स्पष्ट छ ।
For More videos Log on to Mazzako TV







