बलिउडमा प्रयास गरेकी जेनिशा नेपाली फिल्ममा
अभिनेत्री जेनिशा केसी नेपाली फिल्ममा चल्न नसकेपछि भारततर्फ लागेकी थिइन् । भारतमा पुगेर उनी अभिनयदेखि हिन्दी भाषाको समेत कोर्स लिइन् । अभिनेता मिथुन चक्रवर्तीको सहयोगमा उनले बलिउडका कलाकारसँग फोटो पनि खिचाइन् । तर, उनको बलिउड यात्रा सफल हुन सकेको छैन ।

जेनिशा अब बलिउड यात्राबाट नेपाली फिल्ममा नै फर्कदैछिन् । उनले २ महिनापछि निर्माण हुन लागेको एक सिनेमामा काम गर्न लागेको चर्चा छ । जेनिशा आफैले पनि यो कुरा स्विकार गरेकी छिन् । उनले, आफ्नो कोर्स बाँकी नै रहेकाले मुम्बई फर्किने र २ महिनापछि नेपाल आएर फिल्म खेल्ने बताइन् ।
जेनिशा केसीले अभिनेता विराज भट्टको सिनेमा भने नभएको बताइन् । जेनिशाले सिनेमाका लागि नयाँ हिरोको खोजी समेत भैरहेको बताएकी छिन् । संभवत यो सिनेमामा उनको पनि लगानी रहनेछ ।








