नायक प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ‘इन्ड क्लाप’ गरिएको छ । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको र अब बाँकी दुई गीत मध्य एउटा गीत मनाङमा र अर्को गीत आगामी अँग्रेजी नयाँवर्षको नजिक पारेर जापानमा छायाँकन गरिने छ ।प्रेमकथामा आधारित यो चलचित्रको फिक्कल,कन्याम,इलाम,दार्जिलिङ,मिरिक,कलिङपोङ, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको छ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यस फिल्ममा प्रदीप खड्का र जसिता गुरुङ साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ ।

फिल्ममा आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV