अभिनेता निश्चल बस्नेतले २ वटा सिनेमाको कथा तयार पारेपनि निर्देशन नगरी त्यो प्रोजेक्ट थन्काएका छन् । लुट सिनेमा रिलिजपछि चर्चामा आएका निश्चलले टलकजंग भर्सेस टुल्के र लुट २ बनाए । लुट जस्तो चर्चा यी दुबै सिनेमाको भएन । यसपछि भने निश्चल सिनेमाको निर्देशन गर्नबाट झस्किएका छन् । तर, उनी आइटम नृत्यमा भने व्यस्त छन् ।

उनी सिनेमाको गीतमा आइटम नृत्य गरिरहेका छन् । निश्चल अझै एक बर्ष भन्दा बढी समय आफूले सिनेमाको निर्देशन नगर्ने बताउँछन् । उनले लुट २ सिनेमा आफूले बनाउनु अघि नै गल्ती गरेको बताए । लुट २ सिनेमा दर्शकको अपेक्षा अनुसार बनाउन नसकेको भन्दै उनले क्षमा पनि मागेका थिए ।

यसैले पनि निर्देेशनमा आफूलाई स्थापित गर्ने कोशिश गर्दै गरेका निश्चलले सिनेमाको निर्देशन भन्दा अभिनयलाई बढी प्राथमिकता दिएका छन् ।

For More videos Log on to Mazzako TV