रविन्द्र सिंह बाँनियाको निर्माण र प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको सिनेमा जात्रै जात्राको छायांकन रोकिएको छ । यो सिनेमाको छायांकन अभिनेता विपिन कार्की घाइते भएपछि रोकिएको हो । विपिन मंगलबार राजधानीको कालिमाटीमा बाइक दुर्घटनामा परेका थिए ।


उनको खुट्टा नै भाँचिएको छ । उनले एक महिना भन्दा बढी आराम गर्नुपर्नेछ । यसैले विपिन बेड रेष्टमा बसेपछि यो सिनेमाको छायांकन अवरुद्ध भएको छ । अभिनेत्री बर्षा राउतले पनि विपिन घाइते भएकाले सिनेमाको छायांकन रोकिएको उल्लेख गरेकी छिन् ।

सिनेमाको छायांकन एक महिना रोकिएपछि फागूण १७ गतेलाई तोकिएको प्रदर्शन मिति पनि पछि सर्ने पक्का जस्तै छ ।

For More videos Log on to Mazzako TV