आफैले भित्राएको हिरो झरनाका लागि बाधक
फिल्म ए मेरो हजुर २ बाट निर्देशक झरना थापाले निर्देशनमा डेब्यू मात्र गरिनन्, नयाँ हिरोलाई पनि डेब्यू गराइन् । यो सिनेमाबाट अभिनेता सलिनमान बनियाँ सिनेमामा भित्रिएका थिए । सलिनमालाई पहिलो सिनेमाले नै चर्चामा पुर्याइदिएको थियो ।

यसपछि झरनाले नयाँ सिनेमामा पनि सलिनलाई नै राख्ने योजना बनाएकी थिइन् । तर, त्यो पुरा हुन सकेन । यसपछि भने सिनेमा ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसीको आगमन भयो । अनमोल केसी र छोरी सुहाना थापालाई लिएर अहिले झरनाले सिनेमाको छायांकन गरिरहेकी छिन् । यो सिनेमा चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।
अब, झरनाका डेब्यू हिरो सलिनमानले नै उनलाई चुनौती दिने भएका छन् । सलिनमानले अभिनय गरेको दोश्रो सिनेमा यात्रा र झरनाको ए मेरो हजुर ३ एकैदिन रिलिज हुँदैछन् । यसैले पनि झरनाका लागि सलिनमान नै बाधक बनेका छन् ।
For More videos Log on to Mazzako TV







