अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ ले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको छ । निर्माता केशव भट्टराईको जन्मदिनको अवशरमा ‘यात्रा’ ले चैत २९ गते रिलिज मिति तय गरेको हो । यहि मितिमा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले पनि प्रदर्शन मिति तय गरिसकेको छ ।

सम्राट शाक्य निर्देशित फिल्मको पोस्टरमा अभिनेता बनियाँ प्रस्तुत छन् । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ ।

यही फिल्मबाट मल्लिका महतले डेब्यु गरेकी छिन् भने चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्मले युवा पुस्ताको मित्रता र मायाको कथा बोकेको निर्देशक सम्राटको भनाई छ ।

फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् भने, कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह(निर्माता छन् ।

संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV