राज्जा रानी २ किन बनाउँदैछन् एम के ?
गतबर्ष रिलिज भएको सिनेमा राज्जा रानी बक्स अफिसमा असफल भयो । नाजिर हुसेन र केकी अधिकारीलाई मुख्य भूमिकामा राखेर निर्माता एम के पौडेलले यो सिनेमा बनाएका थिए ।

तर, यो सिनेमा नराम्रोसँग डुबेको थियो । तर, पनि निर्माता एम के पौडेल यो सिनेमाको सिक्वेल बनाउने तयारीमा छन् । उनले एकसाथ ३ सिनेमा निर्माणको तयारी थालेका छन् । जसमा, राज्जा रानी २ सबैभन्दा पहिले बनाउने उनको तयारी छ । एम के पौडेलले रुद्रप्रिया सिनेमा बनाएर पनि डुबेका थिए ।
उनले नाइन ओ क्लकदेखि राज्जा रानीसम्म आइपुग्दा सबै सिनेमा डुबाएका छन् । राज्जा रानी २ को अहिले कथामा काम भैरहेको छ । यो सिनेमासँगै अन्य २ वटा सिनेमा बनाउने तयारी पनि उनको छ ।
For More videos Log on to Mazzako TV







