घाइते भए विपिन
अभिनेता विपिन कार्की बाइक दुर्घटनामा परेका छन् । कालिमाटीमा उनले चलाएको बाइकलाई अर्को बाइकले ठक्कर दिएको थियो । विपिनलाई ठक्कर दिने बाइक चालक त्यसपछि फरार भएका थिए । सिनेमा जात्रै जात्राको छायांकनमा आउने क्रममा विपिन दुर्घटनामा परेका हुन् । विपिनको बयोधा अस्पतालमा अप्रेशन गरिएको छ ।

उनको खुट्टा भाँचिएको छ । खुट्टा भाँचिएपछि उनको अप्रेशन गर्नुपरेको हो । विपिन कार्की दुर्घटनामा परेपछि सिनेमा जात्रै जात्राको छायांकन समेत प्रभावित भएको छ । फागूण १७ गतेलाई रिलिज मिति तोकेर यो सिनेमाको छायांकन भैरहेको थियो ।
उनी अभिनित प्रसाद र गोपी रिलिजको तयारीमा छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको जात्रै जात्रालाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV







