‘वीरविक्रम २’ युनिट जोमसोममा
मिलन चाम्सको निर्माण तथा निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ युनिट जोमसोम पुगेको छ । फिल्मका कलाकार तथा टिमलाई लिएर निर्माण युनिट छायांकनका लागि जोमसोम पुगेको हो । फिल्मका निर्देशक मिलन चाम्स, नायक पल शाह, नायिका बर्षा शिवाकोटी, कोरियोग्राफर कविराज गहतराज लगायत जोमसोममा छन् ।
यसअघि ‘वीरविक्रम २’ मा मुख्य अभिनेताको रुपमा आकाश श्रेष्ठ फाइनल भएका थिए । पछि सहमतिमै आकाशले फिल्म छाडे भने, पल भित्रीए । ४० दिनमा छायांकन सकिने अनुमान गरिएको र हिमाली भेगका सिन तथा गीत सकेरा निर्माण टिम काठमाडौं फर्कने निर्देशक चाम्सले बताए ।
वीरविक्रमको सिक्वेल ‘वीरविक्रम २’ मा पुराना कलाकार नाजिर हुसेन भने यथावत रहने छन् । यता दयाहाङ राई, अनुप बिक्रम शाही र अर्पन थापा फिल्ममा रहने छैनन् ।
For More videos Log on to Mazzako TV