फिल्म ‘गरुड पुराण’ ले फस्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेकोे छ । माघ ४ गतेलाई प्रदर्शनको तय गर्दै अभिनेता नाजिर हसेनलाई फरक अवतारमा देखाईएको पोस्टर रिलिज गरेको हो । उनी ब्यान्ड मास्टरको रुपमा प्रस्तुत छन् ।

कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी समेत पोस्टरमा प्रस्तुत छन् । पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हाँस्य प्रधान जनरामा निर्माण भएको फिल्मका निर्देशक सुवास कोइरालाले बताए ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि प्रमुख भूमिकामा छन् ।

रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV