अभिनेता प्रदिप खड्कालाई स्टार बनाएको फिल्म प्रेमगीतको तेश्रो सिक्वेल पनि बन्ने भएको छ । यो सिनेमाको तेश्रो सिक्वेलको छायांकन अर्को बर्षको माघ महिनाबाट मात्र सुरु हुनेछ । अभिनेता प्रदिप खड्का व्यस्त भएपछि सिनेमाको छायांकन यो बर्ष सुरु हुन नपाएको हो । अभिनेता खड्का र निर्माता सन्तोष सेनविच झगडा परेको खबर बाहिरिरहेको छ ।

तर, यो सिनेमामा पनि अभिनेता खड्का नै मुख्य हिरो हुनेछन् । सिनेमाको अहिले कथा लेख्ने काम भैरहेको छ । नोभेम्बर रेनका लेखक तथा डमरुको डन्डिबियोका निर्देशक छेतन गुरुङले यो सिनेमाको कथा लेखिरहेका छन् । उनले नै यो सिनेमाको निर्देशन गर्ने वुझिन्छ ।

सिनेमामा अभिनेत्रीको रुपमा भने नयाँ हिरोइनले लिने तयारी निर्माताको छ । प्रेमगीतमा पूजा शर्मा र प्रेमगीत २ मा अश्लेषा ठकुरी यो सिनेमाको हिरोइन थिए । अभिनेता खड्काले पनि आफूले समय दिन नसकेको कारण फिल्मको छायांकन मिति सरेको बताएका छन् ।

For More videos Log on to Mazzako TV