प्रियंकाका सागर आयुष्मान
अभिनेता आयुष्मान देशराज जोशीले प्रेममा परेपछि आफ्नो फिल्मी करिअरलाई पनि राम्रोसँग लगिरहेका छन् । आयुष्मान देशराजलाई अभिनेत्री प्रियंका कार्कीले साथ दिइरहेकी छिन् । आफ्नो हुनेवाला श्रीमान्सँग प्रियंकाको ट्यूनिङ राम्रो देखिएको छ । प्रियंका र आयुष्मान अहिले फिल्म प्रेमदिवसको छायांकनमा व्यस्त छिन्
यो सिनेमाको छायांकन झापामा भैरहेको छ । झापामा सिनेमाको छायांकन भैरहँदा यो सिनेमाका मुख्य कलाकारको लुक बाहिरिएको छ । सिनेमामा प्रियंका र आयुष्मान प्रेम जोडीको भूमिकामा छन् । सिनेमामा आफू सपना र आयुष्माान सागरको भूमिकामा देखिन लागेको प्रियंकाले उल्लेख गरेकी छिन् ।
सिनेमालाई योगेश घिमिरेले निर्देशन गरिरहेका छन् । संजय न्यौपाने यसको निर्माता हुन् । सिनेमामा आयुष्मानले लामो दाह्री जुंगा पालेको देखिएको छ ।
For More videos Log on to Mazzako TV