अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम ओपन सेक्रेट जस्तै छ । मयंक खड्कासँग प्रेममा रहँदा पनि उनको प्रेम ओपन सेक्रेट नै थियो । अब, उनै साम्राज्ञी व्यापारी देवांश जंगबहादुर राणाको प्रेममा छिन् । यी दुइको प्रेम पनि अब ओपन सेक्रेट नै बन्न थालेको छ ।

साम्राज्ञीले आफ्नो जन्मदिन प्रेमीकै घरमा मनाएकी छिन् । मध्यरातपछि साम्राज्ञी र देवांशको साथमा उनीहरुका केही साथीभाइले जन्मदिन सेलिव्रेशन गरेका थिए । सो समयमा साम्राज्ञी खुबै खुशी देखिएकी थिइन् । उनी गीतमा रमाएकी थिइन् भने केक काट्ने क्रममा उनी विन्दास थिइन् । उनमा १५ लाख रुपैयाँमा २ सिनेमा साइन गरेको खुशी पनि थियो । यसैले पनि साम्राज्ञी विन्दास देखिएकी थिइन् ।

साम्राज्ञी र मयंकको प्रेम केही समय अघि मात्र टुटेको हो । प्रेम टुटेपछि साम्राज्ञी र देवांश नजिकिएका थिए । उनीहरु अहिले डेटमा रमाइरहेका छन् । साम्राज्ञीको फिल्मी करिअर सफल मानिन्छ । तर, उनी फिल्मी करिअर भन्दा पनि प्रेम र गसिपले बढी चर्चित बन्दा उनलाई घाटा लाग्ने गरेको चर्चा समेत चलेको छ ।

For More videos Log on to Mazzako TV