अष्ट नारायण हललाई ‘गुनगुन’ निर्माताले गरे क्षतिपूर्तिको माग
कार्तिक ३० गतेबाट सार्वनजिक प्रदर्शनमा आएको फिल्म ‘गुनगुन’ लाई बालाजु स्थित अष्ट नारायण हलले हटाएको छ । शुक्रबार रिलिज भएको फिल्मलाई एक दिनमै हलबाट हटाइएको बताइएको छ ।

जानकारी बिना नै अष्टनारायण हलले आफ्नो फिल्म हटाएपछि निर्माता पुकार भट्टराईले फिल्मको क्षतिपूर्तिको माग गरेका छन् । उनले हललाई कारबाही गर्नु पर्ने समेत माग गरेका हुन् । पुकार भट्टराईले फिल्मका निर्देशक निर्देशक समते हुन् ।

फिल्म निर्माण र प्रर्दशन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारवाहीको माग गर्दै भट्टराईले चलचित्र निर्माता संघमा निवेदन समेत पेश गरेका छन् । ‘गुनगुन’ मा सञ्चिता लुईंटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







