अष्ट्रेलियामा दीपासँग रोमान्टिक दीपक

फिल्म छक्का पन्जा ३ ले नेपालमा ब्लकबस्टर कमाई गर्यो । विदेशमा पनि यो सिनेमाको डिमाण्ड उच्च छ । सिनेमाको लागि अहिले विश्वभरका देशबाट माग आइरहेको छ । अमेरिका त यो सिनेमाले एक महिना चलेर रेकर्ड नै राखेको छ ।

यो सिनेमाको अहिले अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । सिनेमाको अष्ट्रेलिया प्रदर्शनका लागि यो फिल्मकी निर्देशक दीपाश्री निरौला, निर्माता र कलाकार दीपकराज गिरी, अर्का कलाकार अनुराग कुँवर अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा यो जोडी रोमान्टिक देखिएको छ ।

समुन्द्री किनारमा पुगेका दीपक र दीपा रोमान्टिक देखिएका हुन् । उनीहरुले सेल्फी समेत खिच्दै रमाइलो गरिरहेको जानकारी दिए । सिनेमाको प्रदर्शनका लागि यसका कलाकार पहिलो पटक देश बाहिर पुगेका हुन् । यो सिनेमाले नेपालमा सर्वाधिक कमाई गर्ने सिनेमाको रेकर्ड बनाइसकेको छ ।
For More videos Log on to Mazzako TV








