सुदर्शनलाई ३० लाख ?
नेपालमा कलाकारले मात्र होइन, निर्देशकले पनि महंगो रकम लिने गरेका छन् । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ महंगो पारिश्रमिक लिएर चर्चामा छन् । अब, निर्देशक सुदर्शन थापाले पनि नयाँ सिनेमा सम्हालिन्छ कहिले मनका लागि महंगो रकम लिएको चर्चा छ ।

म यस्तो गीत गाउँछु र रामकहानीपछि बाहिरी ब्यानरको सिनेमाको निर्देशन गर्न लागेका सुदर्शनले यो सिनेमाका लागि ३० लाख पारिश्रमिक लिएको चर्चा छ । अभिनेत्री पूजा शर्माले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको सिनेमाको कथा पनि सुदर्शन आफैले लेखेका छन् । सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा हुनेछ । सिनेमाका लागि सरोज खनाल, पूजा शर्मा र नव हिरो सोनम तोप्देन फाइनल भैसकेका छन् ।
अझै एक जना हिरोको खोजी भैरहेको छ । सुदर्शन थापा आफै लगानी गरेर राम्रो रकम कमाई रहेका छन् । उनले बाहिरी ब्यानरमा ३० लाख लिएर पहिलो पटक सिनेमाको निर्देशन गर्न लागेका हुन् ।
For More videos Log on to Mazzako TV







