प्रदिप र साम्राज्ञी पक्का
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संझौता गरेपछि निर्देशक हेमराज वीसीको अनटाइटल प्रोजेक्टमा शक्तिशाली जोडी वाधिएको छ । अभिनेत्री साम्राज्ञी र अभिनेता प्रदिप खड्काले एकसाथ काम गर्ने फाइनल भएको छ । जेठबाट छायांकनमा जाने सिनेमाका लागि ३ करोडको बजेट लगाइने बताइएको छ ।

आधा दर्जन निर्माताले मिलेर बनाउन लागेको सिनेमालाई यूरोपका विभिन्न देशमा खिचिनेछ । सिनेमाका लागि प्रदिपले पनि महंगो पारिश्रमिक लिएका छन् । डीस होमको विज्ञापनमा एकसाथ काम गरेका साम्राज्ञी र प्रदिपले पहिलो पटक सिनेमाको पर्दामा काम गर्न लागेका हुन् ।
अहिले यी दुबै कलाकार नेपाली फिल्ममा सबैभन्दा डिमाण्डेड कलाकारको रुपमा रहेका छन् । यही भएर पनि प्रदिप र साम्राज्ञी जोडिदा सिनेमाको हाइप बढ्नेछ । लभ स्टोरी कथामा यो सिनेमा बन्न लागेको हो । सिनेमामा साम्राज्ञीले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।
For More videos Log on to Mazzako TV







