वाग्लेले पाएनन् बक्स अफिस रिपोर्ट
निर्माता माधव वाग्लेले निर्माण गरेको सिनेमा चंगाचेट हलमा चलिरहेको छ । भारतीय फिल्म ठग्स अफ हिन्दुस्तान पूर्ण असफल भएपछि चंगाचेटलाई फाइदा भएको छ । यो सिनेमाले व्यापार बल्ल राम्रो गर्न थालेको छ । तर, यो सिनेमाका निर्माता माधव वाग्लेले भने काठमाण्डौमा बक्स अफिस लागेपनि आफूले त्यसको रिपोर्ट नपाएको बताएका छन् ।

निर्माता वाग्लेले कुनै दिन पनि आफूलाई बक्स अफिसबाट म्यासेस नआएको बताए । काठमाण्डौमा बक्स अफिस लागू भएपनि त्यो हल्लाका लागि मात्र भएको उनले बताएका छन् । माधव वाग्लेले मात्र होइन, धेरै निर्माताको गुनासो पनि यही नै छ । राजधानीमा बक्स अफिस लागेको बताइएतापनि त्यसको कार्यान्वयन कुनै पनि कोणबाट भएको छैन ।
न त यो बिषयमा सम्बन्धित निकायले अनुगमन नै गरेको छ न त निर्माता संघ नै केही बोलेको छ । यसैले बक्स अफिस हात्ती आयो हात्ती आयो फुस्स हुने अवस्थामा पुगेको छ ।
For More videos Log on to Mazzako TV







