अभिनेत्री दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराइले कोर्ट म्यारिजपछि इन्गेजमेन्ट गरे । उनीहरु, एकसाथ बस्दै पनि आएका छन् । तर, यो कुरा खुलाउन उनीहरुलाई करिब ४ बर्ष लाग्यो । सिनेमा नखेल्दा नै एक अर्काको भएको यो जोडी अहिले रमाइलोसँग घर परिवार चलाइरहेको छ ।

एक बर्ष भित्र कल्चरल बिहे गर्ने उनीहरुको योजना छ । तर, सन्तानका लागि अझै केही बर्ष लाग्ने दिवाकर र दीपिका बताउँछन् । दिवाकरले फिल्म क्याप्टेनपछि आफू नै अर्को फिल्म निर्देशन गर्दैछन् । उनका अनुसार, यो सिनेमामा उनले दीपिकालाई नै हिरोइन बनाउँनेछन् । दीपिकाले साइन गर्न मात्र बाँकी रहेको निर्मात्री पूनम गौतमको सिनेमाबाट हात झिक्नु परेको थियो ।
अब दिवाकरले आफूले नै निर्देशन गर्न लागेको सिनेमामा दीपिकालाई खेलाउने तयारी गरेका छन् । यो जोडी थाइल्याण्डमा हनिमुन मनाएर फर्किएको छ ।

For More videos Log on to Mazzako TV