दिमाग बढाउन अनमोलको यस्तो उपाय
अभिनेता अनमोल केसी बाहिर खासै निस्कदैनन् । बाहिरी दुनियाँ निस्कनु भन्दा घरमै बसेर उनी रमाइरहेका हुन्छन् । म्यूजिक सुन्ने, फिल्म हेर्ने उनको बानी छ । तर, अनमोलको रमाउने तरिका यो मात्र होइन । उनी, सुटिङको समयमा फुर्सद हुने वित्तिकै एउटा गेम खेल्न रुचाउँछन् । यो कुनै फुटबल वा क्रिकेट गेम होइन ।
मोबाइलमा उनी दिमाग बढाउने खेल खेल्न रुचाउँछन् । उनी मोबाइलमा वर्डलिक नाम गरेको खेल खेल्न रुचाउँछन् । यो गेममा अंग्रेजी शब्दहरु मिलाउनु पर्छ । अनमोलका अनुसार यस्तो खेल खेल्दा दिमाग बढ्छ ।
उनले आफूले मोबाइलमा शब्दहरु नै मिलाउने खेल खेल्ने बताए । अनमोल अहिले नेपाली फिल्म ए मेरो हजुर ३ को छायांकनमा व्यस्त छन् । अनमोल केसीको क्याप्टेन सिनेमा फागूण १७ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV