‘साइँली’ पोस्टरमा मात्र साइली, छैनन् साइला
गायक हेमन्त रानाको चर्चित गीत ‘साइँली’ बाट निर्माण गरिएको फिल्म ‘साइँली’ को फस्र्टलुक पोस्टर रिलिज गरिएको छ । निर्माण टीमले पोस्टर रिलिज गर्दै चैत १५ गतेलाई रिलिज मिति तय गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मेनुका प्रधान मात्र प्रस्तुत छिन् । भने फिल्मका मुख्य कलाकार अभिनेताहरु दयाहाङ राई र गौरभ पहाडी पोस्टरमा आटाएका छैनन् । बैदेशिक रोजगारीको कथा बोल्ने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

फिल्मको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक रामबाबु गुरुङको भनाई छ । गीतले बोकेको भावलाई फिल्ममा उतारेको निर्माण टिमको भनाई छ । गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् ।
बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह(निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराज पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
For More videos Log on to Mazzako TV








