बर्षाले यो के गरेको ?
अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला प्रेममा छन् । उनीहरुको प्रेम टक अफ दि टाउन पनि छ । किनकी, उनीहरु अघि प्रेम गरेका र पछि प्रेम गरेका कैयौ जोडी अलग भैसकेका छन् । तर, उनीहरुको प्रेम तारिफयोग्य छ । बर्षाको मोटोपनाले उनका प्रेमी संजोग कोइरालालाई पनि पर्नु पिर परेको रहेछ । यसैले संजोग आफैले बर्षालाई जिमखाना समेत लिएर जाने गरेका छन् ।

तर, बर्षाले इन्स्टाग्राममा राखेको एउटा भिडियो भने अचम्मकै छ । बर्षा राउतलाई ढाडमा राखेर संजोग कोइरालाले पुस अफ गरेका छन् । संजोगको ढाडमा चढेर बर्षाले आफू दुब्लो भएको सन्देश दिन खोज्या कि आफू र संजोगको माया प्रेम कतिसम्म गहिरो छ भनेर देखाउन खोजेकी हुन् । बर्षालाई मोटोपनाले सधै नै तनाव दियो ।
यही भएर पनि उनी अहिले जिमलाई प्राथमिकतामा राखेर काम गरिरहेकी छिन् । संजोगले बर्षालाई ढाडमा राखेरै पुस अफ गर्न सक्ने भएपछि, बर्षा साच्चिकै दुब्लाइछन् ।
For More videos Log on to Mazzako TV







