दाल भात तरकारीका लागि नेपाल आइन् निरुता
अभिनेत्री निरुता सिंह नेपाल आएकी छिन् । उनी दाल भात तरकारी सिनेमामा काम गर्नका लागि नेपाल आएकी हुन् । यो सिनेमाको छायांकन मंसिर १ गतेबाट सुरु हुँदैछ । सिनेमामा निरुता सिंह अभिनेता हरिवंश आचार्यकी श्रीमतिको भूमिकामा देखिन लागेकी छिन् ।

निरुताले नेपाल आउँदै गर्दा आफू यो सिनेमाका लागि उत्साहित भएको बताइन् । उनले, यो सिनेमामा हरिवंश आचार्यको जोडी हुन पाउनु आफ्ना लागि ठूलो कुरा भएको बताइन् । हरिवंशका सिरियल बच्चामा हेरेको बताउँदै निरुताले अब जोडी बन्न पाउँदा खुशी लागेको सुनाइन् । निरुता सिंह अहिले दुब्लाएकी छिन् । उनका पिता बिरामी भएपछि उनमा धपडी बढेको थियो । बाबुको उपचारका लागि दौडदा आफू दुब्लाएको निरुताले बताएकी छिन् ।
निरुताले अब राम्रो सिनेमाको अफर आफूले अस्विकार नगर्ने पनि बताइन् । निरुताले ८ बर्षपछि सिनेमा नाई नभन्नु ल ५ मा काम गरेकी थिइन् । यसपछि उनलाई फिल्मको अफर लगातार आइरहेको छ ।
For More videos Log on to Mazzako TV








