फिल्म बजार हल्लामा चल्छ । हल्ला भएका आधा प्रतिशत कुरा पनि पुरा हुने हो भने फिल्म बजारले फड्को माथ्र्यो होला । अझ, कलाकारले फिल्ममा काम गर्ने र नगर्ने कुरा त सधै नै हल्लामै चलेको हुन्छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्मात्री पूनम गौतमको सिनेमा साइन गरेको त पक्का भयो ।

तर, साम्राज्ञीले अझै अर्को एक सिनेमा पनि साइन गरेकी छिन् । उनले पूनम गौतमको सिनेमा गरेपछि मात्र सो फिल्ममा काम गर्नेछिन् । तर, साम्राज्ञीले नयाँ सिनेमाको कुरा भने गोप्य राख्न नै खोजेको देखिन्छ । सिने वृत्तमा साम्राज्ञीले हेमराज वीसीको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा साइन गरेको हल्ला पनि छ ।

साम्राज्ञीले यो सिनेमा साइन गरेर बसेपनि पूनमको सिनेमाको छायांकन नकसेसम्म मौन नै रहने युक्ती अपनाएकी छिन् । यो सिनेमा अभिनेता प्रदिप खड्काले पनि साइन गरेको चर्चा छ । प्रदिप र साम्राज्ञीले यदि यो सिनेमा साइन गरेका हुन् भने भैरवीमा जोडिन नसकेको यी दुई कलाकारको जोडी हेमराजको फिल्ममा जोडिनेछ । तर, यो बिषयमा कसैले पनि मुख खोलेका छैनन् ।

For More videos Log on to Mazzako TV