आकाशको अब के त ?
अभिनेता आकाश श्रेष्ठले विर विक्रम २ छाडे । उनले यो सिनेमा छाड्दा उनीसँग अर्को नयाँ फिल्म नै छैन । नयाँ फिल्म हातमा नभएको समयमा आकाशले विर विक्रम २ छाडेका छन् । उनको रिलिज हुन बाँकी ड्रिम गर्ल सिनेमा मात्र छ । यो सिनेमा रिलिज भएपछि आकाश खाली हुनेछन् । किनभने, ड्रिम गर्लको प्रचार पनि साह्रै कमजोर छ ।

बक्स अफिसमा धमकेदार व्यापार गर्नका लागि आकाशको यो फिल्मले अब एक सातामा प्रचारको गती बढाउन आवश्यक छ । तर, निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको यो सिनेमाको प्रचार कछुवाको गतीमा छ । यसैले पनि नयाँ सिनेमाका लागि आकाशले गम्भिर हुनुपर्ने हो ।
तर, आकाशले विर विक्रम २ छाडेर अब कुनमा काम गर्न लागेका हुन् भन्ने चर्चा भने चलेको छ । आकाशले विर विक्रम २ किन छाडेका होलान् ? रहस्य पक्कै केही नै छ ।
For More videos Log on to Mazzako TV







