परमिताले चंगाचेट किन गरिन् ?
हलमा फिल्म चंगाचेट लागिरहेको छ । यो सिनेमाको पब्लिसिटीको बेलामा अभिनेत्री परमिता आर एल राणा पनि खुबै हिडेकी थिइन् । परमिताको नाम फिल्म क्षेत्रमा बढ्दो छ । तर, उनले अझै आफ्नो दमदार भूमिका देखाउन पाएकी भने छैनन् ।

उनै परमिता आर एल राणाले चंगाचेटमा किन काम गरिन् भन्ने प्रश्न उठाउन सकिन्छ । किनकी, परमिताको यो फिल्ममा भूमिका साह्रै कम छ । उनको भन्दा केमियो भूमिका गरेका हिरोइनको भूमिका धेरै छ । परमिता जस्ती अभिनेत्रीले यति सानो भूमिकाका लागि किन हुन्छ भनेकी होलिन् ? प्रचारमा मुख्य हिरोइन भएपनि उनी कुनै पनि कोणबाट मुख्य हिरोइन लाग्दिनन् ।
तर, परमिताको नाम भने फिल्म प्रचारमा अघि थियो । सामान्य गाउँले यूवतीको भूमिकामा सिमित परमिताले चंगाचेटलाई ठूलो ब्यानरको फिल्म भनेर गरेको हुनुपर्छ । तर, यस्तो भूमिकाले परमितालाई फाइदा र घाटा दुबै छैन ।
For More videos Log on to Mazzako TV







