मदनकृष्णको मन छुने कुरा
हाँस्य अभिनेता हरिवंश आचार्यको जन्मदिनमा अर्का हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले मनको कुरा खोलेका छन् । हरिवंशलाई जन्मदिनको शुभकामना दिदै मदनकृष्णले हरिवंशकै प्रेरणाले आफू अघि बढेको बताए । उनले, जीवनमा श्रीमति र साथी भए मानिस भाग्यमानी हुने बताए ।
श्रीमतिलाई संझिएर भक्कानिएका मदनकृष्णले आफूसँग हरिवंश रहेको बताए । हरिवंशकै कारणले आफू चल्न र अघि बढ्न पाएको समेत मदनकृष्णको भनाई छ । उनले भने–‘हरिवंश स्वस्थ हुँदा म पनि स्वस्थ हुन्छु, हरिवंशले काम गर्दा म पनि काम गर्न सक्छु ।
मैले जीवनमा एउटा साथी पाएको छु, जसलेगर्दा मलाई पनि काम गर्न जोश आउँछ ।’ मदनकृष्णले यसो भनिरहँदा हरिवंश भावूक भएका थिए । हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । उनले जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद समेत दिए ।
For More videos Log on to Mazzako TV