सोलो फिल्मका लागि लोभी भएकी हुन्
आँचल अभिनेत्री आँचल शर्माले हरेक कलाकारलाई सोलो भूमिकामा काम गर्न मन लाग्ने स्पष्ट पारेकी छिन् । उनले आफूले सोलो सिनेमाका लागि प्रतिक्षा गरेपनि समुहको सिनेमामा काम नगर्ने नबताएको स्पष्ट पारेकी छिन् । दाल भात तरकारी सिनेमाको शुभसाइत कार्यक्रममा बोल्दै आँचलले अब यो बिषयमा कहिल्यै पनि आफूले जवाफ नदिने बताएकी छिन् ।

आँचलले ब्ल्याक सिनेमाको कार्यक्रममा सोलो भूमिकाको अफर कुरेको र समुहको सिनेमामा काम गर्दा फाइदा नभएको बताएकी थिइन् । आँचलले सिनेमामा को आयो र को गयो भन्ने बिषयमा ठूलो कुरा नभएको पनि बताइन् ।
तर, आफ्नो भूमिका राम्रो लागेपछि आफू काम गर्न तयार भएको आँचलले बताएकी छिन् । अभिनेत्री शर्माले दाल भात तरकारीमा अन्तिम अवस्थामा संझौता गरेपछि उनको आलोचना भएको थियो ।
For More videos Log on to Mazzako TV







