मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको फिल्म दाल भात तरकारीको शुभ मुहूर्त भएको छ । कलाकार, निर्माता तथा लेखक हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिर फिल्मको मुर्हत गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्माण यूनिटसंगै कलाकार र प्राविधिकहरुको साथमा चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल लगायतको उपस्थिती रहेको थियो । यस चलचित्र लाई सुदन केसीले निर्देशन गर्न लागेका हुन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, सन्दिप क्षेत्री, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहने छ ।

हरिवंश आचार्यको शब्द रहने फिल्मका गीतहरुमा शम्भुजित बास्कोटाको संगीत रहने छन् । फिल्ममा दिर्घ गुरुंगको छायाँकन साथमा कोरियोग्राफी कविराज गहतराजले गर्दै छन् । कथा, पटकथा तथा संवाद हरिवंश आचार्यकै रहेको छ । ‘शत्रुगते’को सफलतापछि मह सञ्चार र किरण केसीले निर्माण गर्न लागेको यस फिल्म दाल भात तरकारी आगामी बर्ष ७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।
फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।

For More videos Log on to Mazzako TV