‘वीरविक्रम २’ बाट आकाश बाहिरिएसंगै पलको इन्ट्री
मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ बाट अभिनेता आकाश श्रेष्ठ बाहिरिएसंगै अभिनेता पल शाहको प्रबेश भएको छ । अकाशले फेसबुकमा एक स्टाटस लेख्दै फिल्म छाडेको जानकारी दिएका थिए ।
‘वीरविक्रम २’ छाड्नुको कारण उनले हजुरबुबा विरामी भएको र आफुले समय दिनुपर्ने बताएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच सम्झौता भएसंगै पल बीर बिक्रम २ मा फाइनल भएका हुन् ।
अब उनी फिल्ममा वीरको भूमिकामा हुनेछन् । फिल्ममा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारहरु भने यथावत छन् ।
For More videos Log on to Mazzako TV