नायक आकाश श्रेष्ठले फिल्म ‘बिर बिक्रम २’ छाडेका छन् । आकाशका हजुर बुवाको बिरामी भएर र उपचारमा आफुले समय दिनु पर्ने भएकोले फिल्म छाड्नु परेको उनले फेसबुक मार्फत उल्लेख गरेका हुन् ।

उनले फेसबुकमा यस्तो स्टाटस लेखेका छन् :
सबै भन्दा पहिला त क्षमा प्राथि छु ! मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु ! मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि ’बिर बिक्रम २’ लाई सफलताको शुभकामना छ। आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद !

For More videos Log on to Mazzako TV