अभिनेता आर्यन सिग्देललाई चकलेटी अनुहारका कारण धेरै यूवतीले मन पराउँछन् । आर्यनको अभिनयको फ्यान पनि धेरै नै छन् । तर, चकलेटी अनुहारका धनी आर्यन अहिले पनि लामो दाह्री र जुंगा पालेर चिनिन नसक्ने भएका छन् । आर्यनको यो गेटअप हेर्दा उनलाई झट्ट चिन्न मुश्किल नै पर्छ ।

आर्यन सिग्देलले दाह्री पालेका हुन् कि नकाटेका हुन् ? आर्यनले यस्तो गेटअप किन बनाएका होलान् ? आर्यन सिग्देलको यस्तो गेटअप नयाँ सिनेमाका लागि हो । चाडै फ्लोरमा जान लागेको फिल्म हजार जुनी सम्ममा १२ लाख लिएर आर्यनले साइन गरेका थिए । आर्यनले सोही सिनेमाको गेटअपका लागि आफ्नो अनुहारमा यति लामो दाह्री पालेका हुन् ।

विकासराज आचार्यले निर्देशन गर्ने यो सिनेमामा आर्यन लभरब्वाइको भूमिकामा देखिने छैनन् । आर्यनको यो फेरिएको गेटअप दर्शकका लागि प्रतिक्षित रहनेछ ।

For More videos Log on to Mazzako TV