अभिनेत्री बर्षा राउतलाई बल्ल मोटो शरीरले गम्भिर बनाएछ । गम्भिर पनि यसरी बनाएको छ कि, उनी नविराई जिम धाउँछिन् । अभिनेत्रीले नेपाली फिल्ममा काम सुरु गरेदेखि नै भोगेको एउटै आलोचना हो, मोटाई । कति मोटी हिरोइन ? यस्तो पनि फिगर हुन्छ लगायतको आलोचना उनले लामो समयदेखि भोगिन् ।

बर्षालाई यही कुराले लामो समयदेखि पिरोलेको थियो । तर, अब भने बर्षा राउत यो कुरामा गम्भिर भएकी छिन् । बर्षा राउत गम्भिर भएसँगै अहिले उनी दैनिक जीम धाउन थालेकी छिन् । शरीर दुब्लाउन थालेपछि देखाउने रहर पनि उनमा पलाएको छ ।

जसलेगर्दा उनी ऐनाको अगाडि उभिएर सेल्फी लिन पनि उस्तै मस्त रहन्छिन् । बर्षा राउत खानेकुरामा कन्ट्रोल गर्न नसक्दा मोटाएकी थिइन् । अब भने उनले मोटाउँदा फिल्म करिअरलाई नै घाटा लाग्दो रहेछ भनेर वुझिन् कि ?

For More videos Log on to Mazzako TV