बलिउडमा भविष्य खोज्दै सुरविना

अभिनेत्री सुरविना कार्की नेपाली फिल्ममा चल्न सकिनन् । सुरविनाको फिल्मी करिअरको सुरुवात नै खराब भयो । उनले झेली जस्तो सिनेमा खेलेर गल्ती गरेकी थिइन् । सोही गल्तीले उनलाई नेपाली फिल्ममा माथि जान नै दिएन ।

उनै सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा उनी संघर्षरत रहेकी हुन् । उनले, विज्ञापन, टीभी सिरियलमा काम त गरेकी छिन् । तर, सुरविनाले बलिउडमा पाइला राख्न अझै पनि सकेकी छैनन् । दैनिकजसो उनी अडिसनमा समेत व्यस्त छिन् ।

बलिउडमा नेपाली हिरोइनलाई पाइला राख्न सहज छैन । सुरविना पनि सोही असहजतामा सहजता खोजिरहेकी छिन् । सुरविनाले आफू सफल हुने विश्वास त व्यक्त गरिन् । तर, बलिउड यात्रामा निकै अप्ठ्यारो भएको उनले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV








