अभिनेत्री परमिता आर एल राणा प्रेमको मामालामा अभागी देखिएकी छिन् । किनकी, उनले गहिरो रुपमा प्रेम गर्दा पनि उनको प्रेम चुडिने गरेको छ । अभिनेता आयुष्मान देशराज जोशीसँग पनि उनको प्रेम टिकेन । आयुष्मानलाई त उनले राजा नै भन्ने गरेकी थिइन् ।

तर, राजासँग यी रानीको प्रेम टिकेन । यसपछि उनले हिसी लोसांगसँग प्रेम गरिन् । हिसीसँग उनको प्रेम यति गहिरो थियो कि, परमिताको जन्मदिनमा हिसीले उनलाई औठी नै उपहार दिए । परमिताले पनि चोखो प्रेम हिसीलाई गरेकी थिइन् । तर, हिसीसँगको उनको प्रेम पनि अलग भएको छ । परमिताले हिसीसँगको प्रेम अलग भएपछि आफूलाई पीडा भएको भन्दै धेरै कुरा सिकाएकोमा हिसीलाई धन्यवाद दिएकी छिन् ।

हिसीसँग अलग भएपछि आफू झनै शक्तिशाली रहेको परमिताले उल्लेख गरेकी छिन् । परमिताले केही समय अघि मिडिया कुराकानीमा १० बर्ष बिहे नगर्ने वा बिहे नै नगर्न पनि सक्ने प्रतिक्रिया दिएकी थिइन् ।

For More videos Log on to Mazzako TV