अभिनेत्री स्वस्तिमा खड्कालाई भाग्यमानी भन्दा के होला ? स्वस्तिमालाई भाग्यमानी किन नभन्ने ? अभिनेत्री स्वस्तिमा खड्काले समय अभाव देखाउँदै एउटा ठूलो ब्यानरको सिनेमा नै छाडिदिइन् । स्वस्तिमालाई लोभ के को लागेको होला ? किरण केसी, मह जोडी जस्तो टिमले बनाउन लागेको दाल भात तरकारी छाड्नुको पछाडि स्वस्तिमाको लोभले काम गरेको छ ।

किनकी, यो सिनेमामा ४ जना हिरोइन छन् । त्यसमा पनि निरुता सिंह हाबी हुने पक्का छ । स्वस्तिमालाई यो सिनेमा गर्न भन्दा सोलो हिरोइन भएर फिल्म हजार जुनी सम्ममा काम गर्न नै ठिक लाग्यो । यही भएर उनले दाल भात तरकारी जस्तो निर्माण अघि नै चर्चित बनेको सिनेमा छाडिदिइन् । स्वस्तिमा नेपाली सिनेमाका लागि भाग्यमानी अभिनेत्री हुन् । जसलाई अहिले फिल्म रोजी छोडी छ ।

सुरुमा त स्वस्तिमाले दाल भात तरकारीका कारण हजार जुनी सम्म नै नगर्ने मुड बनाएकी थिइन् । तर, अहिले उनले यू टर्न लिइन् र दाल भात तरकारी नै छाडिदिइन् । स्वस्तिमाको यो सफलतामा काम नपाएर घर थन्किएका हिरोइनले डाहा नगर्लान् त ?

For More videos Log on to Mazzako TV