नायिका स्वस्तिमा खड्काले फिल्म दाल भात तरकारी छाडेकी छिन् । स्वस्तिमाले नयाँ फिल्म हजार जुनी सम्म र दाल भात तरकारीको सेड्यूल जुधेपछि यो सिनेमा छाडेकी हुन् । स्वस्तिमा खड्काको मुख्य भूमिका रहने सिनेमाको छायांकन मंसिर १ गतेबाट सुरु गर्ने तयारी थियो ।

तर, अर्को सिनेमा हजार जुनी सम्ममाको सेड्यूल जुधेपछि स्वस्तिमाले सहमतीमै यो सिनेमा छाडेकी हुन् । स्वस्तिमाले यो फिल्म छाडेपछि अब उनको भूमिकामा अभिनेत्री आँचल शर्माले काम गर्ने भएकी छिन् । निर्माता किरण केसीले आँचल शर्माको प्रवेश भएको बताएका छन् ।

यो सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, प्रियंका कार्की, पुष्पल खड्का मुख्य भूमिकामा छन् । अब, आँचलको इन्ट्री भएसँगै सिनेमाको छायांकन निर्धारित समयमा नै सुरु हुनेछ । सिनेमालाई मह संचार र किरण केसीले निर्माण गर्दैछन् ।

For More videos Log on to Mazzako TV