गायक तथा संगीतकार खगेन्द्र यक्सोको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यक्सोले ‘आँखा फुरफुरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । ‘सिङ्गौरी भाग १’ को अपार सफलतापछि सोही टिमको अर्को प्रयास ‘सिङ्गौरी भाग २’ बजारमा ल्याएका हुन् । गायक यक्सो र सिबि स्याबुनेको शब्द रहेको गीतलाई सशी गुरुङ्ग वाङदेलले संगीत भरेका हुन् । गीतमा गायक खगेन्द्रसंगै मेलिना राई र सिबि स्याबुनेको स्वर सुन्न सकिन्छ । तेन्जु योञ्जनको कोरियोग्राफी रहेको गीतलाई चन्दु गोर्खालीले एरेन्ज गरेका छन् ।

भिडियोमा एलिशा राई, दिपाम्सु थापाको केमेष्ट्रि मज्जाको देखिएको छ । साथमा श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, मौशमी सुब्बा, सिबि स्याबुने, सुनिल लिम्बूले समेत भिडियोमा अभिनय गरेका छन् । निशान घिमिरे र बिकाश दाहालले समपादन गरेको भिडियोका निर्देशक युगल पोमो हुन् ।

भिडियो :

For More videos Log on to Mazzako TV