‘जात्रै जात्रा’ को टिजर मा दयाहाङ पनि (भिडियो)
प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ । बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई लक्षित गर्दै हलमा रिलिज गरिएको टिजरलाई युट्युबमा शनिवार रिलिज गरिएको हो । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको अभिनय रहनेछ । साथै टिजरमा दयाहाङ राई पनि प्रस्तुत छन् ।
कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठको छायांकन रहने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुने बताइएको छ । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायाँकन हुनेछ । फिल्म ‘जात्रा’ ले राम्रो ब्यापारसंगै राम्रो प्रतिक्रिया समेत पाएको थियो ।
For More videos Log on to Mazzako TV