आश्मा किन चाहन्नन् नेपाली फिल्म खेल्न ?
द कार्टुन क्रुकी हिट सदस्य आश्मा विश्वकर्मालाई नेपाली फिल्मबाट अफर त आएका छन् । तर, उनले सिनेमातिर मन लगाएको पाइदेन । आश्माको लोकप्रियता राम्रो छ । तर, पनि उनलाई सिनेमा खेलाउन निर्माताले सकेका छैनन् ।
आश्माका अनुसार उनलाई सिनेमाको अफर त आएका छन् । तर, उनले भनेजस्तो कथा नपाएकाले पनि काम नगरेकी हुन् । सिनेमाको अफर आएपनि वेव सिरिजमा देखाइए जस्तो कथा नआएकाले पनि आँट गर्न नसकेको आश्मा बताउँछिन् । आश्माले आफूलाई द कार्टुन क्रुको काम गरेर पनि फुर्सद नभएको बताइन् ।
आश्माले नेपाली फिल्मका सबै हिरोसँग काम गर्न मन लागेको समेत खुलाएकी छिन् । टिम राम्रो भएको सिनेमा आयो भने गर्ने उनको भनाई छ ।
For More videos Log on to Mazzako TV