दीपिकालाई झट्का
अभिनेत्री दीपिका प्रसाइलाई यो बर्षकै पहिलो ब्लकबस्टर सिनेमा छक्का पन्जा ३ चलेपनि फाइदा भएन । बरु, उनी पर्सनल जीवनलाई नयाँ तरिकाले अघि बढाउनतर्फ लागिन् । उनले, निर्देशक दिवाकर भट्टराइसँग इन्गेजमेन्ट गरिन् । जसलेगर्दा, उनी अहिले दिवाकरसँग थाइल्याण्डमा हनिमुन मनाउन व्यस्त छिन् ।
तर, इन्गेजमेन्ट गरेपछि भने दीपिकाले एउटा सिनेमा छाड्नुपरेको छ । निर्मात्री पूनम गौतमले बनाउन लागेको अनटाइलट सिनेमा उनले छाड्नुपरेको हो । दीपिकाको इन्गेजमेन्टको असर यो सिनेमामा देखिएको छ । निर्मात्री पूनम गौतमले उनलाई लिने भनेर पक्का गरेर बसेकी थिइन् ।
तर, दीपिकाले व्यक्तिगत जीवनलाई अहिले महत्व दिएपछि उनले साम्राज्ञी जस्ती स्टार अभिनेत्रीलाई साइन गराएकी हुन् । यसैले पनि दीपिकालाई ठूलै झट्का लागेको छ । दीपिका सिनेमा नगरीमा आफ्नो करिअर सुधारिएको भन्दै यसमा लाग्ने बताइरहेकी थिइन् ।
For More videos Log on to Mazzako TV